काठमाण्डौं । नेपाल बार एशोसिएसशनको भवन परिसरमा २ जना अधिवक्ताबीच नै कुटाकुट भएको छ ।
अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेको हो ।
कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ । न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् । तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् ।
केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।




















