काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५९१ जनामा संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको नमूना परिक्षणका क्रममा ५९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये ८ हजार ८४८ जनाको पीसीआर गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परिक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको हो । यो सहित कुल ९ लाख ५ हजार ७७६ जनामा संक्रमण देखिएको छ ।
बिहीबार नै थप ६६४ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८९ हजार ७८९ जना पुगेका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमित मध्ये २ जनाले ज्यान गुमाएका छन् । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३८२ जना पुगेका छन् ।
मन्त्रालयका अनुसार बिहीबार सम्म देशैभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् ।





















