पोखरा । पोखरामा स्कुल बसको ढोकाबाट खसेर १ स्कुले बालको मृत्यु भएको छ ।
पोखराको हेमजामा रहेको ज्ञानसागर एकेडेमी स्कूलको ना. १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेर गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय बालक रोमन तामाङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले हो ।
दुर्घटनामा संलग्न चालक धादिङ गंगाजमुना गाउँपालिका ६ घर भएका ४७ वर्षीय सानोकान्छा थापालाई प्रहरीले पक्राउ गरेको छ ।
चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायब परिक्षक एवं सूचना अधिकारी सुवास हमालले बताए ।




















