महोत्तरी । गोली प्रहार गरी डाँका चोरी गरेको घटनाका मूख्य योजनाकार लालबन्दी नगरपालिका २ पुनर्वास बि–टोल बस्ने ४२ वर्षीय कारी पासवान भन्ने बिश्वनाथ पासवानलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
सम्सी गाउँपालिका १ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले आफ्नै घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा गत असार ३ गते राति आएका व्यक्तिहरूले घरको पर्खाल नाघी प्रवेश गरेर घर परिवारका सदस्यलाई रड तथा वीरेन्द्रलाई कटुवा पेस्तोलबाट गोली प्रहार गरी घाइते बनाई डाँका चोरीगरेको अभियोगमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
उत्त घटनामा करिब ८ लाख ९७ हजार २०० रुपैयाँ बराबरको नगद तथा सुनचादीका गहना डाँका गरी लगेको घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोनमा गाउँपालिका ३ रघुनाथपुरबाट पासवानलाई पक्राउ गरेको हो ।
साथै पासवान लुटपाट, बम प्रहार, डाँका तथा हातहतियार, अपहरण तथा शरीर बन्धक, चोरी लगायतका विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेको पासवानका सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




















