सिरहा । सिरहाको धनगढीमाई नगरपालिका ५ बस्ने प्रकाश कामतकी छोरी ११ वर्षीया करिश्मा कामतको सोही नगरपालिका ६ मोहियाहीमा माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।
घर लिपपोत गर्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जानकारी दिएको हो ।
माटो खन्ने क्रममा पुरिएर घाइते भएका अन्य ६ जनालाई उपचारको लागि जानकी पोलिकिल्निक जिरोमाइल धनगढीमा लगिएकोमा गम्भीर घाइते रहेका अन्य २ जनालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।




















