फाईल तस्बिर
काठमाण्डौ । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेर संसद् अवरोध गरेका हुन् ।
र्
एमाले पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै भदौ २३ गतेदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले अवरोध जारी राखेको हो ।
एमालेको अवरोधकै बीच प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संसद्को अर्को बैठक आउँदो २९ गते सोमवार दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।




















