साँकेतिक तस्बिर
ललितपुर । ललितपुरको गोदावरीमा १ व्यक्तिले आफ्नै श्रीमतीलाई मट्टितेल खनाएर आगो लगाएका छन् ।
गोदावरी नगरपालिका १३ का राजेश देसारले आफ्नै श्रीमती मुनालाई आगो लगाएको ललितपुर प्रहरीले जनाएको छ ।
आगोबाट जलेकी महिलाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । महिलाको शरीर ४० प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालले जनाएको छ ।
आगो लगाउने राजेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना बिहान ४ बजे भएको र प्रहरीलाई १० बजे मात्रै खबर आएको ललितपुर प्रहरी परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
श्रीमान श्रीमती नै इँटाभट्टामा काम गर्दै आएका थिए । मदिरा सेवन गरेर झगडा हुँदा राजेशले मुनामाथि मट्टीतेल खनाएर आगो लगाएको प्रहरीले जनाएको छ ।




















