हेटौडा । वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनु अगावै राजीनामा दिएकी छन् ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।
मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो । विश्वासको मत नपाउने निश्चित भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।
मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताउदै भनीन्, ‘मैले सहजरुपमा छाडिदिएको छु । प्रदेश बनाउन सबै मिलेर काम गरौं ।




















