काठमाण्डौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै गरी तेजाबी सुन प्रतितोला मूल्य ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यता चाँदी नेपाली बजारमा आज प्रतितोला १ हजार २५० रुपैयाँ कारोबार भएको महासंले जनाएको छ ।




















