काठमाण्डौँ । चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।
नेपाल सरकारले कोभ्याक्ससँगको योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप बिहान नेपाल आइपुगेको हो ।
यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर १ करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।
हालसम्म नेपालान कुल १ करोड ८९ लाख ५९ हजार ३३० डोज खोप प्राप्त भईसकेको छ । चीनबाट आज प्राप्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिको छ ।




















