काठमाण्डौँ । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी कोमुरोसँग विवाह गरेकी छिन् । यो विवाहका लागि उनले आफ्नो शाही सम्मानसमेत त्यागेकी छिन् ।
जापानको राजपरिवारका अनुसार कोही राजपरिवारका सदस्यले सामान्य नागरिकसँग विवाह गर्छ भने उसले शाही राजघराना छोड्नुपर्दछ । २५ सालकी राजकुमारी माको सम्राट अकिहीतोकी नातिनी हुन् ।
उनका प्नेमी कोमरो सामान्य नागरिक हुन् । उनी एक कानुनी फर्ममा काम गर्छन् ।
माको र कोमुरो २०१२ मा कलेज पढ्ने क्रममा भेटिएका थिए । साथी हुँदै माको र कोमुरो प्रेमसम्बन्धमा बाँधिएका थिए ।
राजकुमारी माकोले शाही परम्पराअनुसार विवाह गरिनन् भने राजकुमारीको विवाहमा पाउने सेवा सुविधासमेत त्यागेकी छिन् । यस्तो गर्ने उनी पहिलो महिला हुन् ।
बीबीसी




















