सिराहा । प्रहरीले अबैध लागू औषध सहित वडाध्यक्षलाई पक्राउ गरेको छ ।
सिराह नगरपालिका १८ का वडाअध्यक्ष रामसोगारथ यादव लागु औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
स. १ ब ९३८ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा सवार यादव भारतबाट नेपाल प्रवेश गदै गर्दा लागू औषध सहित समातिएका हुन् ।
उनको साथबाट प्रहरीले १५ वटा नाइट्रोभेट ट्याबलेट बरामद गरेको सिराहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
यादव माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष यादव एमालेबाट निर्बाचित वडा अध्यक्ष हुन् ।




















