लमजुङ । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ ।
खुदि बजार केन्द्रविन्दु भएर सोमबार राति परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
केन्द्रका अनुसार साँझ ८ः३० बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि १ कार्तिकमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ३ मिनेटको अन्तरमा २ वटा भूकम्पको परकम्प गएको थियो ।




















