काठमाण्डौं । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार बढीमा कोरोना संक्रमण पुष्६ी भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख २९ हजार ८१५ जना संक्रमित थपिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २४ करोड ४८ लाख ५ हजार ९७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २४४ जनाको संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ लाख ६९ हजार ९२२ पुगेको छ ।
यही अवधीमा विश्वभरका ४ लाख २१ हजार ९४९ जनाले कोरोना जित्न सफल भएका छन् । योसँगै कोरोना जित्नेको संख्या
्२२ करोड १९ लाख ३७ हजार २५७ पुगेको छ ।




















