पाँचथर । पाँचथरको फिदिममा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेकोे छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा मोरङको लेटाङ घर भएका प्रज्वल मगर, पाँचथर कुम्मायक माइती भएकी २३ वर्षीय प्रमिला देवान र उनका ७ महिने छोरा निश्चल देवान छन् । अर्का १ जना मृतकको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६० जना घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । घाइतेमध्ये २० को अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्वार गरी राजधानीमा उपचारको लागी लगिएको छ ।
पाँचथरको सिवाखा दोभानबाट यात्रु लिएर झापा जादै गर्दा फिदिम ४ स्थित मध्यपहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ः०० बजे को. ३ ख ३८६५ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।




















