काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा करिब ११ हजार मानिसको कोरोना परिक्षण गर्दा ७७६ जनामा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १० हजार ८६४ जनाको नमूना परिक्षणका क्रममा सोमबार ७७६ जनामा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका मध्ये ८ हजार २८४ जनाको पीसीआर गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परिक्षण गर्दा १०३ जनामा संक्रमण देखिएको छ । यो सहित ९ लाख ३ हजार ८४७ जनामा आजसम्म संक्रमण देखिएको छ ।
सोमबार नै थप ५०१ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८८ हजार ८ जना पुगेको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमितहरु मध्ये थप १३ जनाले ज्यान गुमाएका छन् । यो सहित संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३६१ जना पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार सम्म देशको विभिन्न भागमा १० हजार ३६० जना सक्रिय संक्रमित रहेका छन् ।




