रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोटमा छोरालाई बन्दुक हान्ने बावुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका १० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वली रहेको प्रहरीले जनाएको छ । वलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी झगडामा मादक पदार्थ सेवन गरी वलीले आफ्नै छोरालाई गोली प्रहार गरेको भएता पनि नलाग्दा कुनै घटना हुन पाएन । घटना लगत्तै प्रहरीलाई सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीको टोलीले उनलाई भरूवा बन्दुक सहित पक्राउ गरेको हो ।
पक्राउ परेका वलीका सम्वन्धमा थप अनुसन्धान थालीएको प्रहरीले जनाएको छ ।




















