काठमाण्डौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको फाइजरको खोप उपलब्ध गराएको छ ।
जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फाइजरको १ लाख ६२० डोज खोप उपलब्ध गराएको हो ।
अमेरिकी दुताबासले सोमबार एक विज्ञप्ति निकालेर नेपाल सरकारलाई उत्त मात्रको फाइजरको खोप हस्तान्तरण गरेको जनाएको छ ।
अमेरिकाले खोप निःशुल्क र पूर्व शर्त बिना अनुदानमा उपलब्धत्र गराएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम बिच खोप हस्तान्तरण गरिएको थियो ।
अमेरिकाले आगामी दिनमा खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।


