पाँचथर । पाँचथरबाट झापातर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् ।
पाँचथरबाट झापा तर्फ जादै गरको को. १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका ५ को सिवा खोलामा दुर्घटना हुदा ५४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको पाँचथर प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थाका घाइतेको पाँथचरमा सामान्य उपचार पछि झापा तथा मोरङका अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




















