×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

धनी बन्ने सपना देख्दा ६ खर्ब ६० अर्ब रुपैयाँ चट

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । क्रिप्टोकरेन्सीले पछिल्लो समय ठूलो सफलता पाइरहेको हामी सबैले सुनेकै कुरा हो । अहिलेसम्म क्रिप्टोकरेन्सीको बजार १९० ट्रिलियनको भइसकेको छ । तर, क्रिप्टोकरेन्सीको यो सफलताको बीचमा एक यस्ती महिला पनि थिइन् जसले आफूलाई क्रिप्टोकरेन्सीकी महारानी भन्थिन् ।

    उनले क्रिप्टोकरेन्सीको नाममा विश्वकै सबैभन्दा ठूलो ठगी गरिन्छ भन्दा यसका अन्धभत्तहरुलाई पत्यार नलाग्न पनि सक्छ । ति महिलाले कूल ४ बिलियन युरो अर्थात साढे ६ अर्ब नेपाली रुपैयाँभन्दा धेरैको ठगी गरेकी थिइन् ।

    महिला रुजा इग्नातोभा पेशाले डाक्टर थिइन् । बिटक्वाइनको सफलता देखेपछि रुजाले वनक्वाइन नामको अर्को क्रिप्टोकरेन्सी लञ्च गरेकी थिइन् । रुजाले १ दिन वनक्वाइन संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बन्ने र मानिसहरुले यसबाट कैयौं गुणा नाफा कमाउने बताएकी थिइन् ।

    अमेरिकी एजेन्सीहरुका अनुसार वनक्वाइन कम्पनीले विश्वभरीबाट ४ अर्ब युरो ठगी प्रमाण फेला पारेको छ । यससँग सम्बन्धित केही मुद्वाको अहिले पनि सुनुवाई चलिरहेको छ । एकटा मुद्वामा फ्लोरिडाका डेभिड पाइकले आफ्नो अपराध स्वीकार गरेका छन् । ६१ वर्षका डेभिड पाइकले मंगलबार म्याहट्टन संघीय अदालतमा भएको सुनुवाइमा बैंक घोटालाको षड्यन्त्रको आरोप स्वीकार गरेका हुन् ।

    २०१६ मा वनक्वाइनका विषयमा रुजा इग्नातोभाले लण्डनदेखि दुबइसमेत कैयौं देशमा सेमिनार गरेकी थिइन् । हरेक सेमिनारमा उनी वनक्वाइनले बिटक्वाइनलाई उछिन्ने दावी गर्थिन् ।

    बीबीसीका अनुसार अगष्ट २०१४ देखि मार्च २०१७ को बीचमा विश्वभरका कैयौं देशहरुबाट वनक्वाइनमा ४ बिलियर युरो लगानी भइसकेको थियो ।

    रुजा लगातार सेमिनार गरिरहेकी थिइन् र लगानीको गति पनि बढिरहेको थियो । सबैभन्दा खास कुरा त के भने मानिसहरुले केवल रुजाको कुरा पत्याएर लगानी गरिरहेका थिए । अन्यथा वनक्वाइनसँग त्यो ब्लकचेन प्रविधि नै थिएन जसमा बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीले काम गर्छन् ।

    रुजाले वनक्वाइनलाई ब्लकचेनसँग जोड्ने कोसिस गरिन् तर उनी असफल भइन् ।

    वनक्वाइनको सबैभन्दा सानो प्याकेज १४० युरोको थियो र सबैभन्दा ठूलो प्याकेज १ लाख १८ हजार युरोको थियो । मानिसहरुसँग एक्सचेन्ज खोल्ने प्रतिबद्धता गरिएको थियो जसबाट उनीहरुले भविष्यमा आफ्नो वनक्वाइनलाई डलर वा युरोमा बदल्न सक्थे ।

    मानिसहरुले यही एक्सचेन्जको प्रतिक्षा गरिरहेका थिए किनकि उनीहरुको पैसा वनक्वाइनको साइटमा कैयौं गुणा बढिरहेको थियो ।

    बीबीसीको रिपोर्टअनुसार वनक्वाइनमा अगष्ट २०१४ देखि मार्च २०१७ सम्म २ अर्ब युरो लगानी भएको थियो । केही मानिसहरु भने वनक्वाइनमा १५ अर्ब युरोभन्दा धेरै लगानी भएको हुन सक्ने मान्छन् । यही बीचमा क्रिप्टोकरेन्सीका समर्थकहरु वनक्वाइनका लगानीकर्ताहरुको सम्पर्कमा आउन थाले र ती लगानीकर्तालाई वनक्वाइनको वास्तविकता बताउन थाले ।

    जतिबेला वनक्वाइनका लगानीकर्ताले वास्तविकता थाहा पाएकै थिउनन् त्यतिबेला रुजा आफ्नो कमाइबाट नयाँ नयाँ सम्पत्तिहरु किनिरहेकी थिइन् । उनले बुल्गेरियाको राजधानी सोफिया र ब्ल्याक सीको किनारामा रहेको सहर सोजोपोलमा लाखौं डलरको सम्पत्ति किनिन् । रुजा अक्टोबर २०१७ मा पोर्चुगलको लिस्बनमा एक कार्यक्रममा आउनुपर्ने थियो ।

    तर, रुजा आजसम्म पनि लिस्बन पुगेकी छैनन् । उनी बेपत्ता भएकी छिन् । उनीसँगै त्यो क्रिप्टोकरेन्सी पनि गायब भएको छ जसले हजारौं लाखौं लगानीकर्तालाई रातारात धनी बन्ने सपना देखाएको थियो । यसको जाँच अहिले पनि चलिरहेको छ तर अहिलेसम्म रुजाको बारेमा कुनै जानकारी छैन । अहिले कसैले रुजा मरिसकेको भन्छन्, केहीले उनी कहीँ लुकेर बसेकी छिन् भन्छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.