काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा करिब ७ हजार कोरोनाको नमूना परिक्षण गर्दा ५१३ जनामा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको नमूना परिक्षण गर्दा ५१३ जनामा संक्रमण देखिएको जनाएको हो ।
आज संक्रमण देखिएमा मध्ये ४ हजार ९७२ जनाको पीसीआर गर्दा ४३८ जना र १ हजार ९५९ जनामा एन्टिजेन परिक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको छ । यो सहित अहिलेसम्म पीसीआर तर्फ ८ लाख ८ हजार ५३४ जना र एन्टिजेन तर्फ ९३ हजार ९८० जनामा संक्रमण देखिएको छ ।
शनिबार नै थप ८१७ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित अहिलेसम्म कोरोना जित्नेको संख्या ७ लाख ८६ हजार ६३० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण भएका मध्ये थप ८ जनाको उपचारको क्रममा ज्यान गएको छ । यो सहित अहिलेसम्म ११ हजार ३४५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै गरी देशैभर शनिबार साँझ सम्म १० हजार ५५९ जनामा सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।





















