मुगु । मुगुमा भरूवा बन्दुक पड्किदा १ बालकको ज्यान गएको छ । मुगु खत्याड गाउँपालिका १० को डुवानाका १० वर्षीय बालक विकास रावलको ज्यान गएको मुगु प्रहरीले जनाएको छ ।
स्थानिय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकाससहितका ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




















