सप्तरी । सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् ।
ब्यारेजमा को. ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेका ब्यक्ति सुनसरीका तिलक दाहाल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
मोटरसाईकल रोकेर एक्कासी नदीमा हामफालेका दाहालले त्यसो किन गरे भन्ने जानकारी अहिलेसम्म पनि प्राप्त हुन नआएको र बेपत्ता दाहालको खोजी भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।




















