साँकेितक तस्विर
सुर्खेत । सुर्खेतको एक सामुदायिक वनमा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका ७ को कट्कुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको सुर्खेत प्रहरीले जनाएको छ ।
शनिबार सामुदायिक वनमा घाँस काट्न जाँदा विस्फोटक बम बिस्फो६ हुदा २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार गंभिर घाइते भएका हुन् ।
घाइते मध्ये नरेश परियारको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




















