काठमाण्डौं । १० बुँदे सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै कार्यदलका संयोजक भिम रावलले आज राजिनामा दिने भएका छन् ।
उपाध्यक्ष समेत रहेका रावलले १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा वलीले आलेटाले गरेको भन्दै शनिबार कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
१० बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा माओवादी केन्द्रबाट आएका नेताहरूलाई केन्द्रीय कमिटीमा थप गरेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् । छलफल नै नगरी २ जना केन्द्रीय कमिटीमा सदस्य थपेको भन्दै उनले असन्तुष्टी जनाएका हुन।
रावलले लिखितरूपमा कार्यदलबाट राजीनामा दिएको पत्र शनिबार पार्टीलाई बुझाउने बताए । उपमहासचिव घनश्याम भुसालले पनि १० बुँदे कार्यान्वयन नभएको भन्दै पार्टीमा अहसमति जनाएका छन् । उपाध्यक्ष रावल र उपमहासचिव भुसालले स्थायी समितिको शुक्रबारको बैठकमा फरक मत राखेका थिए ।
‘शुक्रबारको स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा चयन गरेको थियो ।
माओवादीमा फर्किन लागेका प्रभु साहले पार्टीमा जिम्मेवारी र पदीय भागबन्डा खोज्दै आएको र उनलाई मनाउन कुशवाह र समीरलाई केन्द्रीय सदस्य बनाइएको एमालेका एक केन्द्रिय सदस्यले बताए ।
असार २७ गते एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको थियो ।




















