सुनसरी । सुनसरीको रत्न रोडबाट स्रोत नखुलेको १८ लाख र ५ थान सुनका बाला सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका २ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २५८ ग्राम ३२० मिलिग्राम सुनको ५ थान बाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा सोही धरान उपमहानगरपालिका १५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र सुन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।




















