काठमाण्डौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
विहिबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार पनि प्रतितोला सोहि मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।




















