रोल्पा । रोल्पाको लापालमा गोरु काटेको आरोपमा प्रहरीले स्थानिय १३ जनालाई नियन्त्रणमा लिएको छ ।
रुन्टिगढी गाउँपालिका १ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर सहित १३ जनालाई गोरु काटेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोरु काटेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गोरुको करिब ८० केजी मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको रोल्पा प्रहरीले जनाएको छ ।




















