सल्यान । सल्यानमा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कुमाख गाउँपालिका ५ तिमिले बस्नेका ४२ वर्षीया कली खड्काको हत्या गरेको आरोपमा ४७ वर्षीय कबिराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी विवादमा कबिरामले मादक पदार्थ सेवन गरी श्रीमतीलाई धारिलो हतियार बसुलोले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कबिरामलाई जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।




















