काठमाण्डौं । नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ ।
काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो ।
समितिका संयोजक मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसले सबै कार्यकताहरुलाई बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा जुट्न समेत आग्रह गरेको छ ।





















