साँकेतिक तस्बिर
काठमाण्डौं । असोज ३१ गतेदेखी परेको अविरल वर्षाका कारण पहिरो र बाढीमा परी बुधबार साँझसम्म देशभर ८८ जनाले ज्यान गुमाएका छन् भने ३० जना अझै बेपत्ता छन् ।
गएको आइतबारदेखी देशको पहाडी जिल्लामा एक्कासी अधिक वर्षा हुदा ८८ जनाले ज्यान गुमाउन बाध्य भए भने ३० जनाको अझै अत्तोपत्तो लागेको छैन ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर पाँचथर, कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान, धनकुटा लगायत १४ जिल्लामा ८८ जनाले ज्यान गुमाएको हो।
मन्त्रालयका अनुसार पाँचथरमा २४ जना, इलाममा १३ र डोटीमा १२ जना, धनकुटामा ७ जना, हुम्लामा ६ जना, बैतडीमा ४ जना, बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालिकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा १–१ ले बाढी र पहिरोका कारण ज्यान गुमाएको छ।
बाढी पहिरोमा परेर २२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले हिजै मात्र एक निर्णय गर्दै घाईतेको निशुल्क उपचारका साथै मृत्तक परिवारलाई राहत दिने घोषणा गरेको छ ।




















