पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० बर्षिय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका ११ बस्ने २० वर्षीय प्रेम सुनार रहेको पाल्पा प्रहरीले जनाएको छ ।
सोही नगरपालिका ४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै किशोरीले किटानी जाहेरी दिए पछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सुनालाई जबरजस्ती करणी मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















