काठमाण्डौं । छथर गाउँपालिका ३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्दबहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्तकुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्दबहादुरको आइतबार राति मृत्यु भएको छ ।
उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्दबहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै वेहोस अवस्थामा रहेकी भक्तकुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल थप उपचार भई रहेको पनि प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















