रसुवा । रसुवाको नौकुण्डमा आफ्नै श्रीमतीलाई लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ ।
जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्ले डाँडाटोलका ७६ वर्षीय बुधे गाङतानले आफ्नै ६१ वर्षीया पत्नी बाटुलीलाई लात्तीले हान्दा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घरायसी विवादमा बुधेले आइतवार पत्नीलाई लात्तले हान्दा बाटुली आँगनमा बजारिएर गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको त्रिशूली अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बाटुलीका पतिलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।




















