काठमाण्डौं । राजधानीको गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलले आफ्नो घरको कोठामा जुवातास खेलाइरहेको भन्ने स्थानियको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले २ लाख ८२ हजार ५०० रुपैयाँ र ४ बुक तास सहित ११ जनालाई पक्राउ गरेको जनाएको छ( ।
पक्राउ परेकाहरुलाई आइतबार मुद्वा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




















