कुश्मा । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उप विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई पर्वत जिल्लाको कुस्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
शनिबार राती सम्पन्न फाइनल खेलमा भारतसँग ३–० गोलको फराकिलो अन्तरले पराजित भएपछि नेपाली टोली उपाधि जित्नबाट चुकेको थियो । तर नेपाल पहिलोपल्ट साफ च्यामिपयनसिपको फाइनलमा पुगेको हो ।
कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलोपल्ट फाइनलमा पुगेको नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जानकारी दिए ।




















