मकवानपुर । मकवानपुरको लामा बगरका टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका २ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काठमाण्डौं महानगरपालिका १६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया ७ का ४५ वर्षीय राम सहनीको रहेका छन् ।
घाइते ४ जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पतालमा भईरहेको अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















