एजेन्सी । बेलायतका साँसद सर डेभिड अमेसको चक्कु प्रहार गरी हत्या गरिएको छ ।
बेलायती प्रहरीले अमेसको ले–अन–सीको एक चर्चमा हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट प्रहरीले चक्कु समेत बरामद गरेको छ । साउथ एन्ड वेस्टका सांसद डेभिड आम सर्वसाधारणसँग प्रत्यक्ष भेट हुने कार्यक्रममा सहभागी हुदा उनी माथि चक्कु प्रहार गरिएको प्रहरी अधिकारीले जनाएका छ्रन ।
सांसद अमेसको चक्कु प्रहार लगत्तै मृत्यु भएको बेलायती समाचार संस्थाहरु जनाएको छ ।




















