खोटाङ । खोटाङमा ससुराली गएर टीका लगाएका फर्किएका १ जना पुरुषको भिरबाट लडेर ज्यान गएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका ८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्तक राउत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किने क्रममा भिरबाट लडेर थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरीले घटनाको बिषयमा अनुसन्धान सुरु गरेका जनाएको छ ।




















