काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने सूचना जारी गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार एक विशेष बुलेटिन जारी गर्दै शनिबार देखी केही दिन देशको अधिकाशं भागमा मौषममा परिर्वतन आउने जानकारी दिएको हो ।
भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले सूचना मार्फत जनाएको छ ।
ुधेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै ुउच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।




















