एजेन्सी । बंगलादेशमा रहेको हिन्दुहरुको मन्दिर घरहरुमा तोडफोड भएको छ । एक फेसबुक पोस्टका कारण हिंसा भड्किँदा थुप्रै दुर्गा पूजा स्थलमा तोडफोड भएको र ३ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
हिंसामा परी कम्तीमा १५० परिवारमाथि हमला भएको बंगलादेशका प्रहरी अधिकारीहरूले बताएको भन्दै बिबिसीले जनाएको छ ।
बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाह फैलाए संगै हिन्दु समर्थित मानिस र तिनका घरमा आक्रमण गरिएको थियो । हिंसा भड्किएपछि ठु्लो संख्यामा प्रहरी परिचालन गरिुएको छ । हिंसामा परी अन्य २ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीले अहिलेसम्म आक्रमणमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको जनाएको छ । स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलोपटक भएको बताएका छन् ।
२०११ को जनगणनाअनुसार बंगलादेशमा १४ करोड ९० लाख जनसंख्याको ८.५ प्रतिशत हिन्दु रहेका पुष्टी भएको थियो ।
विश्व हिन्दु परिषदले यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गदै घटनाको निन्दा गरेको छ ।




















