एजेन्सी । यो वर्षको कुर्त श्रोक पुरस्कारबाट ३ जना पत्रकार सम्मानित हुने भएका छन् । पुरस्कार पाउनेहरुमा स्वतन्त्र पत्रकार जासोन मोटलग, स्थानीय पत्रकार राफेल सोर्स र समाचार फिक्सर खबट अब्बास रहेका छन् ।
पुरस्कार द्वन्द्व, भ्रष्टाचार र अन्यायबारे गरिएको रिपोर्टिङसम्बन्धी समाचारको आधारमा पत्रकारहरुलाई प्रदान गरिँदै आएको आयोजक संस्थाले जनाएको छ ।
थम्सन रोयटर्स फाउण्डेशनले अमेरिकी पत्रकार कर्ट श्रोकको सम्मानमा २ दशकदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको छ । सन् २००० मा सियरा लियोनमा मारिएका रोयटर्सका संवाददाता तथा अमेरिकी नागरिक कर्टको सम्मानमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
पुरस्कार ती क्षेत्रमा रिपोर्टिङ गर्ने बहादुर पत्रकारहरुलाई दिइने गरेको रोयटर्सको जनाएको छ । विशेषगरी स्वतन्त्र पत्रकार, स्थानीय पत्रकार र समाचार फिक्सरलाई उक्त पुरस्कारको निम्ति प्राथमिकता दिइने गरिएको छ ।




















