एजेन्सी । दक्षिणी ताइवानको एक भवनमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । काउशुंग सरहमा रहेको एक १३ तले भवनमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
अग्नि नियन्त्रकका अनुसार आगो निभाउनको लागि ४ घण्टाभन्दा बढी समय लागेको थियो । भवनको तल्लो भागमा रेष्टुरेन्ट, बार र सिनेमाघर रहेका थिए ।
भवनमा १२० जनाभन्दा बढी रहेका थिए । आगलागी हुँदा उनीहरु सबै भवनमा थुनिएका थिए । भवनमा केही बृद्ध र अपाङ्गता भएका व्यक्तिहरु समेत रहेको बिबिसीले जनाएको छ ।
अग्नि नियन्त्रकका अनुसार हालसम्म आगलागीबाट घाइते भएका ७९ जनालाई उपचारको लागि अस्पताल पठाइएको छ ।
आगलागीको कारण भने हालसम्म खुलेको छैन । स्थानीयका अनुसार आगलागी हुनुभन्दा अघि घटनास्थलमा बिस्फोट जस्तो ठूलो आवाज सुनिएको थियो ।




















