काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ४५५ जनामा संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको ६ हजार २१४ जनाको नमुना परिक्षणका क्रममा बिहीबार ४५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएहरुमा ३ हजार ४१८ जनाको पीसीआर गर्दा ३९८ जना र २ हजार ७९६ जनामा एन्टिजेन परिक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको छ । योसहित पीसीआर तर्फ ८ लाख ४ हजार २७६ जना र एन्टिजेन तर्फ ९३ हजार ३१३ जना संक्रमित भएका छन् ।
बिहीबार नै ८०४ जनाले कोरोना जित्न सफल भएका छन् । योसहित कोरोना जित्नेको संख्या ७ लाख ७९ हजार १५४ जना पुगेको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये थप ८ जनाले ज्यान गुमाएका छन् । योसहित ज्यान गुमाउनको संख्या ११ हजार २६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।



