अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवलमा घरायसी विवाद हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
गुल्मीको ईस्मा गाउँपालिका २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ बस्ने ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेकोे अर्घाखाची प्रहरीले जनाएको छ ।
गएराती श्रीमान र श्रीमतीबीच घरायसी विवाद हुँदा लालबहादुरले कुटपिट गर्दा श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए ।
हत्यामा संलग्न भएको आरोपमा कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



