पर्सा । वीरगञ्ज महानगरपालिका २५ को आइसिपि गेट नजिक रोकी राखेको भारतीय ग्यास ट्याङकरबाट ठुलो मात्रामा गाँजा बरामद गरिएको छ ।
एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बोक्ने ट्याङकरबाट पर्सा प्रहरीले १२० केजी गाँजा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको हो ।
ट्याङ्कर चालक फरार रहेकोले प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।




















