सल्यान । सल्यानमा मंगलबार राति आफ्नै बुवाले छोराको हत्या गरेका छन् ।
बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ५६ वर्षिय बाबु निमवहादुर कुवर मगले ३३ बर्षिय छोरा रुपलाल कवँर मगरको हत्या गरेको सल्यान प्रहरीले जनाएको छ ।
रक्सी खाएर मातेको दुवै जना बिच मासुको विषयमा सामान्य विवाद् हुँदा बुवाले छोरालाई खुर्पा प्रहार गरेर छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रहरी नायव उपरिक्षक गोविन्द थापाका अनुसार मदिराले मातेको बुवाले आबेगमा खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको हो ।
छोराको हत्या गर्ने बुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।




















