भोजपुर । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले मृत्तकका श्रीमानलाई पक्राउ गरेको छ ।
४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका ५ का ४० वर्षीय फराछेतर शेर्पालाई पक्राउ गरेको भोजपर प्रहरीले जनाएको हो ।
भोजपुर प्रहरीका अनुसार श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको हो ।
हत्यापछि उनी फरार भएका उनलार्य प्रहरी चौकी दोभाने र इलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले साल्पासिलिछो गाउँपालिका ५ बाखुमा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।




















