काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ७९२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६१९ नमूना परीक्षण मध्ये ७ हजार ६० जनाको पीसीआर गर्दा ६९१ जना र २ हजार ५५९ जनाको एन्टिजेन गर्दा १०१ जनामा संक्रमण देखीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।




















