सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको मृत्यु हो ।
दुर्घटना गम्भीर घाइते भएका ४ जना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ः४५ बजेतिर दुर्घटनामा परेको थियो ।




















